२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १९ सय ८५ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
दार्चुलाको नौगाड गाउँपालिकामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार दिउँसो झडप हुँदा गठबन्धनका जयभान सिंह धामी सख्त घाइते भएका छन् ।२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
डोटीका भूकम्प पीडितलाई राहत जुट्दै गइरहेको छ । आइतबार कैलाली उद्योग वाणिज्य सङ्घ र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त सहकार्यमा गैर आवासीय नेपाली सङ्घ एनआरएनको आयोजनामा भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढी बराबरको राहत सामाग्री सहयोग गरिएको छ ।२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
नागरिक उन्मुक्ति पार्टीले चुनावी प्रचारप्रसार अन्तर्गत आज धनगढीमा ढकिया ¥याली प्रदर्शन गरेको छ । सो पार्टीले शक्ति प्रदर्शनको रुपमा नाचगानसहित ढकिया ¥याली प्रदर्शन गरेको हो२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२८ रुपैयाँ ९८ पैसा र बिक्री दर १२९ रुपैयाँ ५८ पैसा पुगेको छ।यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १४ पैसा रहेको छ।२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
धादिङमा जीप दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । शनिबार राति सवा ८ बजे ज्वालामुखी गाउँपालिका-४ टारीमा ग १ ज ५५८० नम्बरको धानको पराल बोकेको जीप दुर्घटना भएको हो ।२०७९ कार्तिक २६ गते शनिबार युग संवाददाता
सीमा क्षेत्रमा हुँदै आएको अपराध नियन्त्रणलाई राजनीतिक दलहरुले चुनावी मुद्दा बनाउन सकेका छैनन् ।२०७९ कार्तिक २६ गते शनिबार युग संवाददाता
आइसल्याण्ड भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्किएकी छिन् । भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतले स्वागत गरे ।२०७९ कार्तिक २६ गते शनिबार युग संवाददाता
कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सरला पन्त आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पहिलो पटक मतदान गर्ने तयारीमा छन् । जीवनमा पहिलो पटक मतदान प्रक्रियामा सहभागी बन्न पाउँदा आफूलाई धेरै उत्सुकता जागेको उनले बताए ।२०७९ कार्तिक २६ गते शनिबार युग संवाददाता
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२८ रुपैयाँ ९८ पैसा र बिक्री दर १२९ रुपैयाँ ५८ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १४ पैसा रहेको छ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
बर्दियाको मधुवन नगरपालिकाको वडा नं २ धनैरामा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । भारतीय सीमावर्तीे जङ्गलबाट दिनहुँ आउने हात्तीले पाक्न लागेको केरा, खेतमा काटेर राखेको धान, बालीमा क्षति गर्ने गरेको मधुवन–२ धनैराका स्थानीय भुपाल न्यौपानेले बताए ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल आउने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भन्दाअघि नै उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
रौतहटबाट नक्कली नेपाली रुपैयाँसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।आरोपीहरुको साथबाट ८६ हजार नक्कली नेपाली रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले जानकारी दिए । बरामद नोट एक हजार दरका छन् ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
चैतन्य एकेडेमीले धनगढीमा पाँच दिने निःशुल्क बहु आयामिक लोकसेवा शिविर सञ्चालन गर्ने भएको छ । यही कार्तिक २६ गतेदेखि ३० गतेसम्म शिविरको आयोजना गरिने एकेडेमीले जनाएको छ ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त ब्यस्त छन् अनिता थारु । साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औँ जयन्तीको अवसरमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
मौसम पूर्वानुमान महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन अपिल गरेको छ । हिमाली क्षेत्रमा हिमपात सुरु हुन थालेपछि महाशाखाले यस्तो अपिल गरेको हो ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
जुम्लामा बसको ठक्करबाट एक बच्चाको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका वडा नम्बर ९ उमगाडमा निजी स्कुलको बसले पैदल हिँडिरहेको बच्चालाई ठक्कर दिएको थियो ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
आज २०७९ साल कात्तिक २५ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:२०७९ कार्तिक २३ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज मेला लाग्दैछ । डडेल्धुराको अमरगढी नगरपालिका-८ मा लाग्ने उक्त मेलालाई स्थानीय भाषामा ‘देहीजाँत’ भनिछ । त्यहाँ हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ ।२०७९ कार्तिक २३ गते बुधबार युग संवाददाता
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीले सुदूरपश्चिमका बासिन्दालाई एकरदुई दिन सतर्क रहन आग्रह गरेका छन् ।२०७९ कार्तिक २३ गते बुधबार युग संवाददाता
डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ। बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको हो।२०७९ कार्तिक २३ गते बुधबार युग संवाददाता
सुदूरपश्चिममा बुधबार राति भूकम्प जाँदा घर भत्किएर डोटीमा तीन जनाको मृत्यु भएको छ । पूर्वी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार सो गाउँपालिकाको वडा नम्बर ३ गैरा गाउँस्थित स्थानीयको घर भत्किँदा एक महिला र दुई बालबालिकाको च्यापिएर मृत्यु भएको हो ।२०७९ कार्तिक २३ गते बुधबार युग संवाददाता
आज २०७९ साल कात्तिक २३ गते बुधबारको राशिफल । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
चाइना साउथर्न एयरलाइन्सले नेपालमा फेरि उडान सुरु गर्ने घोषणा गरेको छ। एयरलाइन्सले आगामी नोभेम्बर २९ देखि ग्वान्झाउ–काठमाडौं–ग्वान्झाउ उडान सुरु गर्ने घोषणा गरेको हो ।